काठमाडौं, १ फागुन । ललितपुरमा ग्यास सिलिण्डर विष्फोट हुँदा ५ जना घाइते भएका छन् । आज अपराह्न सवा १२ बजेतिर महालक्ष्मी नगरपालिका वडा नम्बर ८ मा ग्यास सिलिण्ड विष्फोट भएको हो । विष्फोटमा परी घाइते भएकामध्ये एक महिलाको अवस्था भने चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार प्रहरी घटनास्थलमा पुगिसकेका छन् । उनीहरूले घाइतेको उद्धार गरी अस्पताल पठाएका छन्। सिलिण्डर विष्फोटको कारण भने पत्ता लाग्न सकेको छैन।