Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाकी बिमला हत्या आरोपमा २ जना पक्राउ


1.3K
Shares

गोरखाकी बिमला हत्या आरोपमा २ जना पक्राउ

गोरखा,२९ फागुन । गोरखाको रत्नेटारमा केही दिन अगाडी भएको बिमला कुमालको हत्या आरोपमा गोरखा प्रहरीले २ जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खुईले भन्ने चन्द्रबहादुर कुमाल र धिरज कुमाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।

माघ २४ गते गोरखा नगरपालिका–१२ को रत्नेटार निवासी ३० बर्षिया बिमलाको हत्या आरोप गोरखा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्ने मध्ये सोही स्थानका खुईले भन्ने चन्द्रबहादुरलाई भारत तर्फ जादै गरेको अवस्थामा माघ २५ गते कञ्नचपुर जिलालको भिमदत्त नगरपालिका–४ को महेन्द्रनगरबाट पक्राउ गरेको थियो भने धिरजलाई माघ २७ गते गोरखा नगरपालिका–१२ को रत्नेटारबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैलाई आइतबार गोरखा जिल्ला अदालतबाट कर्तब्य ज्यान शिर्षक मुद्वामा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । बिमलालाई उनीहरुले कर्तब्य गरी माघ २४ गते घरबाट केही पर लगि केरा घारीमा हत्या गरी फरार भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology