Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

शहिदलखन गाँउपालिकामा राष्ट्रपति रनिङशिल्ड सुरु


1.2K
Shares

शहिदलखन गाँउपालिकामा राष्ट्रपति रनिङशिल्ड सुरु

गोरखा, २९ माघ । गोरखाको शहिदलखन गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नं ७ स्थित काहुले भंगार, बुङकोटमा शनिबारबाट प्रथम शहिदलखन थापा मगर स्मृति तथा रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो ।

हिजोवाट सुरुभएको प्रतियोगिता फागुन १ गते सम्म संन्चालन हुने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा पालिका भित्रका ११ वटा विद्यालयबाट करिब साढे दुई सय भन्दा बढी खेलाडी सहभागिता रहेको गाउँपालिकाका शिक्षा अधिकृत राजेन्द्र खनालले बताउनुभयो । पहिलो दिन १० विद्यालयको खेल सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा भलिबल, हाइजम्प लङजम्प, छेलो, कवडी, रिले दौड लगायत खेलमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने गाउँपालिकाले जनाएको छ । सो प्रतियोगितामा ११ वटै पालिकाबाट खेलाडीहरु सहभागि हुनेछन् । उक्त प्रतियोगितालाई गाउँपालिका अध्यक्ष रमेश थापामगरले उद्घाटन गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology