Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

‘फास्ट एण्ड फ्युरियस १०’ को ट्रेलर सार्वजनिक, नेपालमा जेठ ५ गते रिलिज हुने


2.3K
Shares

‘फास्ट एण्ड फ्युरियस १०’ को ट्रेलर सार्वजनिक, नेपालमा जेठ ५ गते रिलिज हुने

काठमाडौं,२८ माघ । यसवर्षकै प्रतीक्षित हलिउड फिल्म ‘फास्ट एक्स’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । ‘फास्ट एण्ड फ्युरियस’को यो दशौं श्रृंखला हो जसको ट्रेलर शनिबार बिहान रिलिज भएको हो । एक्सन दृश्यले भरिपूर्ण ट्रेलरमा जेसन मोमोआ खलपात्र र ब्राय लार्सन नयाँ कलाकारको रुपमा देखिएका छन् ।

मोमोआले ड्यान्टे नामक खलनायकको भूमिका निर्वाह गरेका छन् । फ्रेन्चाइजमा अघिल्ला कलाकारहरु भिन डिजेल, मिशेल रोड्रिगेज, टायरेस गिब्सन, क्रिस “लुडाक्रिस“ ब्रिज, जोर्डाना ब्रुस्टर, सुङ काङ र स्कट ईस्टवुड छन् । थप फर्किने कलाकारहरूमा जेसन स्टेथमको डेकार्ड श, जोन सीनाको ज्याकोब टोरेटो, हेलेन मिरेनको म्याग्डालीन “क्विनी“ एल्मन्सन(शा र चार्लिज थेरोनको अन्तिम ब्याडी सिफर समावेश छन् । ट्रेलरमा नायकको टोलीलाई यसपटक मोमोआले चुनौति दिन्छन् ।

सडकमा हुने कार प्रतिस्पर्धा र दुस्मनीको कथावस्तुमा फिल्म बनेको छ । अब, डन्टेले डोमको सबैभन्दा ठूलो डरमा खेल्दै ‘फास्ट’ परिवारलाई टुक्राउने धम्की दिन्छ । ‘फास्ट एक्स’लाई लिन, ज्याक डीन र डेन माजेउद्वारा लेखिएको हो । निर्माताहरू डिजेल, लिन, नील मोरिट्ज, जेफ किर्सेनबम र सामन्था भिन्सेन्ट समावेश छन् । ‘फास्ट एक्स’ मे १९ ९जेठ ५० मा थिएटरमा रिलिज हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology