Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

राष्ट्रपतिको सवारी नाममा नागरिकलाई दुःख दिने यो शैली बदलौं : महामन्त्री थापा


1.6K
Shares

राष्ट्रपतिको सवारी नाममा नागरिकलाई दुःख दिने यो शैली बदलौं : महामन्त्री थापा

काठमाडौं, २८ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद भएको बताउनु भएका छन्।

उहाँले शनिबार ट्वीट गर्दै राष्ट्रपति एउटा व्यक्ति मात्र नभई संस्था भएको भन्दै राष्ट्रपतिको सवारी नाममा नागरिकलाई दुःख दिने शैली बदल्न आग्रह गनुृ भएका छन्।

शनिबार ट्वीटरमा उहााले लेख्नु भएको छ ,‘ राष्ट्रपति व्यक्ति होइन संस्था हो। यो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको छ। यसको एउटा कारण तामझामवाला शैली हो। संस्थालाई सम्मानित र मर्यादित बनाउनु नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौं।’

विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौंसम्म हिँडडुल गर्न नदिने अभ्यास ‘परम्परा’ को नाममा चलिरहेको भन्दै उहाँले भनेका छन्, ‘यो शैलीप्रति हरेक पटक हामी आक्रोश पोख्छौं अनि बिर्सिन्छौं। यो पटक पनि त्यस्तै हुन्छ। तर यस्तो दोहोरिन नदिने हो भने केही काम गर्नुपर्ने छ।’

उहाँले यस्ता घटना नदोहोरिन दुइटा उपाय सुझाएका छन्। ‘विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत यस्ता विधि र प्रोटोकल बदलौं राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पुयाउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लङ्घन गर्न नपाउने व्यवस्था गरौँ र कार्यान्वयन गरौँ’, उहाँले भन्नु भएको छ ।

यस्तै, ‘निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरी अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौं र म आफ्नो ठाउँबाट यसको लागि सक्दो पहलकदमी लिनेछु र पालन गर्ने÷गराउने कुरामा प्रतिबद्ध रहने छु,’ उहाँले भन्नु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology