Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

माछालाई हानेको जालमा महिलाको शव फेला


1.7K
Shares

माछालाई हानेको जालमा महिलाको शव फेला

विराटनगर,२७ माघ । मोरङको रंगेली नगरपालिका–२ मा रहेको एउटा पोखरीमा शुक्रबार महिलाको शव फेला परेको छ । दुर्गा कार्कीको माछा पोखरीमा बिहान ११ बजेतिर शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार माछा मार्नेहरुले पोखरीमा हानेको जालमा अड्किएर शव आएको थियो ।

‘माछालाई हानेको जालमा महिलाको शव परेपछि माछा मार्नेहरुले प्रहरीलाई खबर गरेका हुन्,’ पोखरेलले भन्नुभयो, ‘घटनास्थल पुगेर प्रहरीले शव बाहिर निकालेको हो ।’ पोखरेल आफैँ घटनास्थलमा पुगेर घटनाको अनुसन्धान अघि बढाएका छन्। उहाँका अनुसार रातो स्वीटर र म्याक्सी लगाएको अवस्थामा शव भेटिएकी अन्दाजी ५० वर्षीया महिलाको पहिचान खुल्न सकेको छैन ।

घटनास्थलमा भेला भएका र वरपरका मानिसहरुले मृतकलाई चिनेनन्,’ उहाँले भन्नुभयो, ‘अनुसन्धान अघि बढाएर शव पहिचानको प्रयास भइरहेको छ ।’ शवको प्रकृति हेर्दा १–२ दिनअघि घटना भएजस्तो देखिने पोखरेलले बताउनुभयो ।

प्रारम्भिक हिसाबले घटना शंकास्पद नदेखिए पनि पोखरीभित्र कसरी महिलाको शव भेटियो भन्ने विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको उहाँको भनाइ छ । शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology