Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

गाउँपालिकाका अध्यक्षको निधन


2.5K
Shares

गाउँपालिकाका अध्यक्षको निधन

दैलेख, २७ माघ । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको निधन भएको छ । ७५ वर्षीय अध्यक्ष गुरुङको शुक्रबार दिउँसो निधन भएको हो । शुक्रबार बिहान मुटुमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

जिल्ला सदरमुकामस्थित दैलेख जिल्ला अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको हो । महाबु गाउँपालिकाबाट उपचारका लागि उहाँलाई दैलेख अस्पताल ल्याइएको थियो । उपचारका क्रममा गुरुङको निधन भएको अस्पतालका डा. सुशिला कटुवालले जानकारी दिनुभयो ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । दुई हजार ९ सय ७९ मत सहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका गुरुङले नेकपा एमालेका हरिप्रसाद उपाध्यायलाई पराजित गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology