Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

रत्नलक्ष्मी मा.विका विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री वितरण


1.9K
Shares

रत्नलक्ष्मी मा.विका विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री वितरण

गोरखा, २६ माघ । गोरखा नगरपालिका वडा नं. ८ डुम्रीडाँडामा रहेको रत्नलक्ष्मी माध्यमिक विद्यलयका विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरिएको छ । नेपाल तमु (गुरुङ) विधार्थी छोंज धि जिल्ला कार्य समितिले २६ औं स्थापना दिवसको अवसरमा विद्यलयका नर्सरीदेखी कक्षा ५ सम्मका ६० जना विद्यार्थीलाई स्टेशनरी तथा विद्यलयलाई खेलकुद सामग्री वितरण गरेको हो ।

खेलकुद सामग्री अन्तरगत दुई वटा भलिबल र एउटा नेट छोंज धि जिल्ला कार्य समिति गोरखाका अध्यक्ष मनोज गुरुङले आज एक कार्यक्रमको बिच विद्यलयकी प्रधानध्यापक साधना त्रिपाठीलाई हस्तान्तरण गर्नु भएको हो । स्टेशनरी सामग्रीमा कपि, पेन्सिल, कटर, इलेजर वितरण गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । केरौंजा र सौरपानीबाट विस्थापित भएर आएका विद्यार्थीहरु उक्त विद्यलयमा अध्यायनरत छन् । ति विद्यार्थीहरुको पठन पाठनमा केही सहयोग पुग्ने उदेश्यले सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

नेपाल तमु (गुरुङ) विधार्थी छोंज धि जिल्ला कार्य समिति गोरखाका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको आदिवासी जनजाति महासंघ गोरखा नगरकार्य समितिका अध्यक्ष कर्ण गुरुङ, विद्यालयकी प्रधानाध्यापक त्रिपाठी, समितिका पधाधिकारीहरु, विद्यालयका शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।सम्पूर्ण तमु गुरुङ विद्यार्थीहरु एक हौँ भन्ने नारा सहित कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology