Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

टर्कीको भूकम्प प्रभावित स्थानमा रहेका २ नेपाली अझै सम्पर्कमा आएनन्


1.5K
Shares

टर्कीको भूकम्प प्रभावित स्थानमा रहेका २ नेपाली अझै सम्पर्कमा आएनन्

काठमाडौं, २६ माघ। टर्कीको भूकम्प प्रभावित क्षेत्रमा रहेका २ जना नेपाली अझै सम्पर्कमा नआएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

टर्की समेत हेर्ने पाकिस्तान स्थित नेपाली दुतावासका अनुसार भूकम्प प्रभावित क्षेत्रमा अहिलेसम्ममा ३३ जना नेपाली रहेको पुष्टि भएको छ । ३१ जना नेपाली नागरिक दूतावासको सम्पर्कमा आएका छन् ।

जसमध्ये २ जना सम्पर्कमा नआएको टर्कीमा रहेका गैरआवासीय नेपाली संघका महासचिव विनोद पौडेलले बताउनुभयो। ‘दुई जना नेपाली त्यहाँ हुनुहुन्छ भन्ने थाहा छ,’ पौडेलले भन्नुभयो, ‘तर, उहाँहरुसँग सम्पर्क हुन सकिरहेको छैन ।’

सम्पर्कमा नआएका दुई जना नेपाली महिला हुन् । उनीहरु त्यहाँ घरेलु कामदारका रुपमा कार्यरत रहेको पौडेलले बताए । महासचिव पौडेलका अनुसार सम्पर्कमा आएका एक जना नेपाली समान्य घाइते छन् ।

सञ्चार सम्र्पक टुटेका कारण भूकम्पग्रस्त सबै ठाउँमा सम्र्पक हुन नसकेको पौडेलले बताउनुभयो । भूकम्प गएको टर्कीको गाजियान्टेपमा कति नेपाली छन भन्ने यकिन तथ्यांक छैन । भूकम्पग्रस्त क्षेत्रमा नेपाली विद्यार्थी र घरेलु कामदार रहेकाछन् । कतिपय घरेलु कामदार गैरकानूनी रुपमा काम गरिरहेकाले सम्पर्क गर्न कठिनाई भएको पौडेलले बताउनुभयो ।

भूकम्पग्रस्त क्षेत्रमा थप नेपाली हुनसक्ने अनुमान पाकिस्तानस्थित नेपाली दुतावासको छ । सम्पर्कमा आएका नेपालीका माध्यमबाट भूकम्पग्रस्त क्षेत्रमा रहेका अरु नेपालीका बारेमा बुझ्ने प्रयास भइरहेको दुतावासले जनाएको छ ।

सम्पर्कमा आएका अधिकांश नेपालीहरु सुरक्षित स्थान खोज्दै टर्कीको इस्तानबुल र अंकारा शहरतिर गइरहेकाछन् । टर्कीको गाजियान्टेप शहरलाई केन्द्रबिन्दु बनाएर सोमबार ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

चिसो, झरी र सडक भत्किएका कारण राहत तथा उद्धारमा कठिनाई भईरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएकाछन् । समाचार संस्था रोयटर्सका अनुसार भूकम्पमा परेर १६ हजार मानिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology