Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

‘छक्कापञ्जा ४’ नेपाल र चीनमा एकै साथ प्रदर्शन गर्ने तयारी


805
Shares

‘छक्कापञ्जा ४’ नेपाल र चीनमा एकै साथ प्रदर्शन गर्ने तयारी

काठमाडौं,२५ माघ । ‘छक्कापञ्जा ४’ नेपालसहित विश्वका ठूला बजारमा एकसाथ रिलिज हुने भएको छ । निर्माताले बुधबार नयाँ पोस्टर सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय प्रदर्शनबारे जानकारी गराएका हुन् । फागुन १९ गते मार्च ३ यो फिल्म नेपालसहित अमेरिका, जापान, बेलायत, युरोप र मध्यपूर्वका देशमा रिलिज हुने निर्माता दीपकराज गिरीले जानकारी दिनुभयो ।

सबैजसो ठूला फिल्म बजारमा रिलिज गर्नका लागि सम्बन्धित मुलुकमा चलचित्र जाँचपासको प्रक्रियामा काम भइरहेको छ । नियमित शोमै फिल्म प्रदर्शन हुनेछ ।’ छिमेकी मुलुक भारतमा रिलिजबारे टुंगो भइनसकेको उहाँले बताउनुभयो ।

गिरीले सकेसम्म विश्वभर एकैदिन रिलिजको लागि प्रयत्न हुने बताउनुभयो । छक्कापञ्जाको चौथो श्रृंखलालाई हेमराज बीसीले निर्देशन गरेका हुन् भने प्रमुख कलाकारमा दीपकसहित दीपाश्री निरौला, केदार घिमिरे, मलिना जोशी, बेनिशा हमाललगायत छन् । सामाजिक र राजनीतिक कथावस्तुमा बनेको यो फिल्मको टिजरले वर्तमान नेपाली राजनीति र चुनावको प्रवृत्तिलाई व्यंग्य गरेको छ ।

यसैबीच, विश्वको ठूलो फिल्म बजारसमेत रहेको उत्तरी छिमेकी चीनमा भने ‘छक्कापञ्जा’को पहिलो श्रृंखलालाई रिलिज गर्ने तयारीमा निर्माता जुटेका छन् । यसका लागि चिनियाँ भाषामा डबिङ र सबटाइटल गर्नेसम्म प्रयास भइरहेको गिरीले जनाउनुभयो । ‘चिनियाँ टोलीले यसलाई मन्डारियन भाषामै प्रदर्शन गर्न चाहिरहेको छ । यसका लागि सबटाइटल र डबिङको योजना भइरहेको छ । जतिसक्दो चाँडो चीनमा पनि छक्कापञ्जा रिलिज हुनेछ,’ गिरीले भन्नुभयो ।

अन्य मुलुकभन्दा चीनमा फिल्म रिलिज प्रक्रिया झन्झटिलो मानिन्छ । चिनियाँ मन्डारियन भाषामै डबिङ र सबटाइटल गर्नुपर्नेदेखि सेन्सरमा पनि कडाइ हुन्छ । अर्कोतर्फ चीनले विदेशी फिल्म प्रदर्शनमा कोटा प्रणाली लागु गरेको छ, जसले त्यहाँ फिल्म रिलिज गर्न विश्वका फिल्म निर्माताबीच होड चल्छ । शून्य कोभिड नीति हटाएपछि चीन पछिल्लो समय विदेशी फिल्म प्रदर्शनमा लचिलो बनेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology