Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा


1.1K
Shares

ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा

काठमाडौं, २५ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नु भएका छन् ।

ओली निवासमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज बिहान समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे कुराकानी भएको छ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता र कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

मन्त्रिपरिषदलाई पूर्णता दिने, राष्ट्रपति निर्वाचनलगायत विषयमा पनि उनीहरूबीच कुराकानी भएको बताइएको छ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएपछि ती मन्त्रालय खाली छन्।

प्रधानमन्त्री दाहाल र उनी अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्न पहल गर्ने बताइरहेका छन् भने सत्ता गठबन्धनभित्र राष्ट्रपति एमालेले पाउने सहमति भएको एमालेको दाबी रहँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology