Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सरकारी बिदा धेरै भए, पुनर्विचार गर्नुपर्ने देखियो : प्रधानमन्त्री प्रचण्ड


1K
Shares

सरकारी बिदा धेरै भए, पुनर्विचार गर्नुपर्ने देखियो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,२४ माघ । सरकारी बिदा धेरै भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसबारे पुनर्विचार गर्नुपर्ने आवश्यक रहेको बताउनुभएको छ । मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा सरकारी बिदा धेरै हुँदा जनताको सेवा प्रवाह प्रभावित भएको बताउँदै उनले यसबारे पुनर्विचार गर्नुपर्ने आवश्यक रहेको बताएका हुन् ।

उनले बैठकमा भने, ‘सरकारी बिदाहरू धेरै भए। यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ। यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौँ ।

गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ ।’प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस एउटै प्रकृतिको रहेको बताउँदै यसबारे थप छलफल गर्न आवश्यक रहेको पनि बताउनुभयो ।

उहाँका अनुसार गणतन्त्र दिवस मनाउँछौं, प्रजातन्त्र दिवस मनाउँछौँ, लोकतन्त्र दिवस मनाउँछौँ तर, ती सबै कार्यक्रमको चरित्र एउटै भएकाले एकीकृत गर्नेतिर विचार गर्न जरुरी छ । बैठकले आगामी फागुन ७ गते विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology