भैरहवा,२३ माघ । रोकिरहेको ट्रकमा बस र कार ठोकिँदा १ को मृत्यु र २ घाइते भएका छन् । रूपन्देहीको भैरहवामा गएराती भएको सडक दुर्घटनामा परी १ जनाको ज्यान गएको छ। उक्त दुर्घटनामा अन्य २ जना घाईते भएका हो ।
बुटवलबाट भैरहवातर्फ गईरहेका बस र कार भैरहवाको अञ्चलपुरस्थित सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
सडकमा रोकिराखेको लु २ ख ६०६ नम्वरको ट्रकमा ठोक्किने सवारी साधनमा लु २ ख ६०३८ नम्वरको बस र ग १ च ३७१३ नम्वरको निजी कार रहेको प्रहरीले जनाएको छ। दुर्घटना परि मृत्यु हुने र घाईते हुने सबै बसका कर्मचारी हुन्।
दुर्घटनामा परि तनहुँको भिमाद नगरपालिका वडा नं ५ बस्ने २१ वर्षिय हरिश तिवारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । त्यसैगरी पश्चिम नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका वडा नं १ बस्ने ३९ वर्षिय बासु घिमिरे र सोही ठाउँका १६ वर्षिय दिपेश घिमिरे घाईते भएका छन्।
सिद्धार्थ राजमार्गको बेलहिया बुटवल सडक खण्ड अन्तर्गत अञ्चलपुरमा रहेको नेपाल आयल निगमको डिपो अगाडि रोकिराखेको ट्रकमा बस र निजी कार राती करिव ३ः३० बजेको आसपासमा ठोकिएको प्रहरीले जनाएको छ । उद्धारमा सम्लग्न प्रहरीका अनुसार दुर्घटनाका समयमा बसका हेल्पर रहेका हरिश तिवारीले बस चलाएका थिए।
बस चालक बासु घिमिरे रहेको र उक्त समयमा बस हेल्पर हरिश तिवारीले चलाएको प्रहरीले जनाएको छ। हामीले राती घटनास्थलमा रहेको बसको चालक सिटमा स्टेरीङबाट घाईते अवस्थामा रहेका हरिश तिवारीलाई उद्धार गरेका हौं गाडी उनैले चलाएका थिए, जिल्ला प्रहरी स्रोतले भन्यो।
घाईतेलाई उद्धार गरी भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका लागि पठाईएकोमा चालक सिटमा रहेका तिवारीको मृत्यु भएको र अन्य २ जना घाईतेको उपचार भईरहेको प्रहरीले जनाएको छ।