Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

सालनालसहितको नवजात शिशु जंगलमा मृत फेला


1.1K
Shares

सालनालसहितको नवजात शिशु जंगलमा मृत फेला

दाङ, २३ माघ । दाङको तुलसीपुरमा सालनालसहितको नवजात शिशु जंगलमा फालिएको अवस्थामा मृत फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं.९ स्थित नवदुर्गा सामुदायिक जंगल भित्र सालनालसहितको नवजात शिशु जन्मने बित्तिकै फालिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।

स्थानीय महिला दाउरा खोज्न जंगल गएको समयमा आइतबार दिउँसो नवजात शिशु फालेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । कसैले जन्मनासाथ बच्चा फालेर हिँडेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ‘कसैले बच्चा जन्मिनासाथ जंगलमा लगेर फालेको जस्तो देखिएको छ,’ प्रवक्ता केसीले भन्नुभयो, ‘स्थानीयस्तरमा अनुसन्धान जारी छ ।’

दुई तीन दिन अगाडि बच्चा कसैले जंगलमा लगेर फालेको हुनसक्ने अनुमान प्रहरीको छ । जंगलमा मृत फेला परेको शिशुको शब पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल पठाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology