Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भिमसेनथापा गाँउपालिकाले कुकुरको निःशुल्क बन्ध्याकरण तथा रेविज शिविर कार्यक्रम संचालन गर्ने


1.9K
Shares

भिमसेनथापा गाँउपालिकाले कुकुरको निःशुल्क बन्ध्याकरण तथा रेविज शिविर कार्यक्रम संचालन गर्ने

गोरखा, २२ माघ । गोरखाको भिमसेनथापा गाँउपालिकाले पालिका भित्र रहेका छाडा कुकुरको निःशुल्क बन्ध्याकरण तथा रेविज बिरुद्धको शिविर कार्यक्रम संचालन गर्ने भएको छ । पालिका भित्रका सबै घरपालुवा तथा समुदायमा छाडा छोडीएका कुकुरको निःशुल्क बन्ध्याकरण गर्न लागेको भिमसेनथापा गाउँपालिकाकाले जनाएको छ ।

केही दिन अधि तान्द्राङ – २ ओख्लेमा कुकुरको टोकाई बाख्रा मरेपछि गाउँपालिकाले तत्काल रेविज बिरुद्धको शिविर सञ्चालन गर्न लागेको हो । त्यस्तै चालु आर्थिक बर्षको कार्यक्रमबाट पालिका भित्र छाडा कुकुरको निशुल्क बन्ध्याकरण शिविर समेत सञ्चालन गर्न लागेको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

गाउँपालिका पशुसेवा शाखा र भेटेनरी अस्पताल तथा पशुुसेवा बिज्ञकेन्द्र गोरखा गोरखाको समन्वयमा बन्ध्याकरण तथा रेविज बिरुद्धको शिविर सञ्चालन गर्न लागेको हो । कुकुरले टोकेको केही बाख्रा मरेपछि ओख्ले क्षेत्रमा रेविजको आंशकामा त्रास फैलिएको छ । गाउँपालिकाले यहीँ माघ २५ गते शिविर सञ्चालनमा गर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology