Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा जिल्ला बचत तथा ऋण सहकारी संघको विशेष साधारण सभा सम्पन्न


2.1K
Shares

गोरखा जिल्ला बचत तथा ऋण सहकारी संघको विशेष साधारण सभा सम्पन्न

गोरखा, २१ माघ । गोरखा जिल्ला बचत तथा ऋण सहकारी संघको विशेष साधारण सभा शनिबार सम्पन्न भएको छ । स्थपना भएर पनि बचत तथा ऋण सहकारीको क्षेत्रमा संक्रिय भुमिका खेल्न नसकेकाले संघले बिशेष साधारणसभा बोलाएर नयाँ कार्यसमिति चयन गरेको संघका सदस्य रामबाबू श्रेष्ठले जानकारी दिनुभयो ।

बि. स २०७३ सालमा स्थापना भए पनि संघले सहकारीको बिकासमा संक्रिय भूमिका खेल्न नसकेको भन्दै संघका सदस्यले संस्थाले बिशेष साधारणसभाको माग गरेपछि साधारणसभा बोलाइएको थियो । बिशेष साधारण सभामा गोरखा जिल्लामा रहेको ३४ वटा सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको आयोजकले जनाएको छ । विशेष साधारण सभाले तिर्थबहादुर नेपालीको अध्यक्षतमा ९ सदस्यीय सञ्चाक समिति र ३ सदस्यीय लेखा समिति गठन समेत गठन गरेको छ ।

जसको उपाध्यक्षमा कृष्णकुमार श्रेष्ठ , महासचिबमा सुशील अर्याल र कोषध्यक्षमा तारा बस्याललाई चयन गरिएको जिल्ला सहकारी संघले जनाएको छ । लेखा समितिको संयोजकमा भने भिम बहादुर खत्री चयन भएको सहकारी संघले जनाएको छ ।

बाबुराम थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ गोरखाका अध्यक्ष बाबुराम कोईरालाले सहकारी क्षेत्रको महत्व र बचत सस्थाको छाता संघको गठन सबै मिलेर आपसी सहमतिमा अघि बढ्नु पर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रम जिल्ला सहकारी संघका अधयक्ष कोइरालाको प्रमुख आतिथ्यतमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology