काठमाडौं, २१ माघ । पाल्पामा ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान सवा ९ बजे बगनासकाली गाउँपालिका(९ गुनठाँटीस्थित तानसेन(दर्लामाडाँडा भित्री पक्की सडकखण्डमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
स्कुटरमा सवार तानसेन नगरपालिका(१३ बस्ने १९ वर्षीय अभिषेक थापा र ३९ वर्षीया मिना थापा मिधुनको मृत्यु भएको हो । लु २ त ९८८४ नम्बरको ट्याक्टरले लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। ठक्करबाट स्कुटरमा सवार उनीहरू दुई जना गम्भीर घाइते भएका थिए ।
घाइते रहेका उनीहरूको उपचारको लागि जिल्ला अस्पताल पाल्पा पठाइएको थियो । चिकित्सकले साढे १० बजे उनीहरूलाई मृत घोषणा गरेका थिए। प्रहरीले ट्याक्टर चालक धादिङ रोराङ गाउँपालिका(९ बस्ने ३३ वर्षीय हरिलाल चेपाङलाई पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।