Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

श्री बिज्ञान प्राथमिक बिध्यालयको ३३ औं बार्षिक उत्सब कार्यक्रम सम्पन्न


2.9K
Shares

श्री बिज्ञान प्राथमिक बिध्यालयको ३३ औं बार्षिक उत्सब कार्यक्रम सम्पन्न

धनबहादुर तामाङ
गोरखा, २० माघ । सिरानचोक गाउपालिका वडा नम्बर ३ मा रहेको श्री बिज्ञान प्राथमिक बिध्यालयको ३३ ओै बार्षिक उत्सब कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । बार्षिक उत्सव कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन गर्नुंहुर्दै वडा नम्बर ३ का वडाध्यक्ष जगदिस्वर ढकालले पछिल्लो सामुदायिक बिध्यालयमा बिधार्थीको संख्या घट्दै गईरहेको अबस्थामा सामुदायिक बिद्यालयहरुले शैक्षिक गुणस्तर सुधार गर्नु पर्नेमा जोडदिनुभयो ।

वडाध्यक्ष ढकालले शिक्षकलाई ईमान्दार भएर काम अनुरोध गर्दै शैक्षिक क्षेत्रको बिकासका लागि आर्थिक तथा भैतिक जस्तो सुकै सहयोग गर्नपनि आफु तयार रहेको बताउनुभयो । उहाँले समुदायमा समेत सामुदायिक बिधालयको शैक्षिक गुणस्तर बिकासका लागि जागरुक गराउनुपर्नेमा जोडदिनुभयो । उहाँले सिरानचोक गाउँपालिकाले छुट्टै नीति बनाएर सामुदायिक बिधालयको सुधार गर्नुपर्ने बताउनुभयो । बार्षिक उत्सवको अबसरमा बिधालयका प्रधानध्यापक नारायणी ढकालले बिध्यालयको आर्थिक प्रतिबेदन तथा आयब्याय प्रस्तुत गर्नु भएक‍ो थियो ।

उहाँले बिधालयको शैक्षिक गुणस्तर सुधार गर्न बालमैत्री अबधारणा ल्याउनुका साथै प्रबिधिमैत्रि बनाउनुपर्ने पक्षमा रहेको बताउनुभयो । प्रधानध्यापक ढकालले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक मात्र नभएर अभिभावकहरुको पनि उत्तिकै जिम्मेवारी हुने भन्दै अभिभावकको निरन्तर अनुगमनको खाँचो रहेकोमा जोडदिनुभयो ।

सोही अबसरमा बिधालयमा भवनको अभाव रहेको भन्दै ४ कोठे भवन निर्माणका लागि पहल गरिदिन वडाध्यक्षलाई आग्रह समेत गरेको छ । कार्यक्रममा बिध्यालयका संस्थापक सदस्य जनार्जन ढकाल, रामप्रसाद अधिकारी लगायतले पनि शुभकामना मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology