Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ


1.1K
Shares

आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

सिराह,१९ माघ । आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । ४३ वर्षीय रामबाबु सहनीको कुटपिट गरी हत्या आरोपमा कल्याणपुर नगरपालिका–११ मलहाटोल बस्ने २२ वर्षीय उनकै छोरा राकेश सहनीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

राकेशले आपसी झै–झगडामा कुटपिट गर्दा रामबाबु गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएका रामबाबुको स्थानीय क्लिनिकमा सामान्य उपचार पश्चात थप उपचारको लागि सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology