Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

माओवादी केन्द्र गोरखाद्धारा गण्डकी प्रदेशका सभामुख धिताललाई सम्मान


1K
Shares

माओवादी  केन्द्र गोरखाद्धारा गण्डकी प्रदेशका सभामुख धिताललाई सम्मान

गोरखा, १८ माघ । नेकपा माओवादी केन्द्र गोरखाले गण्डकी प्रदेशका सभामुख कृष्ण धिताललाई सम्मान गरेको छ । बुधबार गोरखा सदरमुकाम आईपुग्नु भएका नव निर्बाचित सभामुख धिताललाई जिल्ला पार्टीले सम्मान गरेको माओवादी केन्द्र गोरखाका सह ईन्चार्ज अमर तमुले जानकारी दिनुभयो ।

गोरखा क्षेत्र नं. १(१) बाट विजयी भई सभामुख बन्नु भए पछि पहिलो पटक सदरमुकाम आउनु भएका धिताललाई पार्टीले सम्मान गरेको हो । समन्वय समिति गोरखाको आयोजनमा बार्षिक समीक्षा गोष्ठीमा भाग लिन सभामुख धिताल गोरखा आउनु भएका हुन् । सभामुख संगै नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सभाका प्रमुख सचेतक शुसिला सिंखडा पनि गृह जिल्ला आउनु भएको माओबादी केन्द्र गोरखाले जनाएको छ ।

गण्डकी प्रदेश सभामुख धितालले आफुलाई निर्वाचित गराउने मतदाता लगायत जिल्लाबासी हार्दिक धन्यबाद दिदैँ गोरखाको बिकासमा सक्दो सहयोग गर्ने प्रतिबद्वता ब्यक्त गर्नुभयो ।  सम्मान कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य अमर तमु , लेख बहादुर थापा , कमला नहर्की, भगवती लामिछाने, जिल्ला संयोजक बिष्णु प्रसाद भट्ट, जिल्ला पार्टी कार्यलय ईन्चाज अकुर तिमिल्सना गोरखा नगरपालिका मेयर कृष्ण राना विभिन्न संघ स्स्थाका प्रमुख एंबम प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology