Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

श्रीमतीले हत्या गरेर शौचालयको खाडलमा पुरेको श्रीमानको शव फेला


1.2K
Shares

श्रीमतीले हत्या गरेर शौचालयको खाडलमा पुरेको श्रीमानको शव फेला

जाजरकोट, १८ माघ । श्रमितीले हत्या गरेर शौचालयको खाडलमा पुरेको अवस्थामा श्रीमानको शव फेला परेको छ । जाजरकोटमा श्रीमतीले हत्या गरी फालेको श्रीमानको शव पाँच वर्षपछि भेटिएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले मंगलबार शौचालयको खाडलमा शव फेला पारेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जाजरकोटको भेरी नगरपालिका–६ सिस्नेका काले कामीलाई श्रीमती भद्रकला कामीले हत्या गरेको खुलेको हो ।२०७४ पुस ३० गते राती भद्रकलाले आफ्ना श्रीमानलाई निधारमा लाठीले हानेर हत्या गरेको खुलेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । हत्यामा उनका छोराहरू तुल्सीराम विक र गोविन्द विक पनि संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

काले कामीको मृत्यु भएपछि भद्रकला र छोराहरूले सल्लाह गरी घर नजिकैको शौचालयको खाडलमा पुरेका थिए । यही माघ १७ गते यो विषयमा प्रहरीलाई गोप्य सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । सूचनापछि जिल्लाबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थल पुगेर शौचालयको खाडल खनेको थियो ।

खाडलमा पूरै दाँतसहितको प्रहरीले खप्पर, प्लाष्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र ती कपडाभित्र मानव हड्डी भेटिएको थियो । घटनाको बारेमा आवश्यक थप अनुसन्धानका भद्रकला, तुल्सीराम विकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology