Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँले बढ्यो


882
Shares

सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँले बढ्यो

काठमाडौं, १८ माघ । बुधबार सुनको मूल्य प्रतितोला एक लाख ६ हजार तीन सय रूपैयाँ पुगेको छ। मंगलबारको तुलनामा यो प्रतितोला पाँच सय रूपैयाँले बढी हो।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँ कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको मूल्य पनि प्रतितोला पाँच रूपैयाँले बढेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ६५ रूपैयाँमा कारोबार भएको थियो भने बुधबार १३ सय ७० रूपैयाँमा कारोबार भएको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology