गोरखा,१७ माघ । गण्डकी गाँउपालिकामा पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ आज सम्पन्न भएको छ । रत्नेश्वर माध्यमिक विद्यालय दर्बुङ्गटारको संयोजकत्वमा प्रतियोगिता सम्पन भएको हो ।
प्रतियोगितामा ६ स्वर्ण सहित सुर्योदय माध्यमिक विद्यालयले गाँउपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि जित हात पारेको छ । सुर्योदय माविले ६ स्वर्ण, ६ रजत र ४ कास्य पदक जितेर विजयी बनेको हो । यस्तै ६ स्वर्ण, २ रजत र ४ कास्य सहित ज्ञानमार्ग मा.वि दोसो हुन सफल भएको छ ।
प्रतियोगितामा ५ स्वर्ण, ७ रजत र २ कास्य सहित दिर्घेश्वर मावि तेस्रो तथा ४ स्वर्ण, ५ रजत र ४ कास्य सहित रत्नेश्वर मा.वि सन्तवना बनेको छ । प्रतियोगित अन्र्तगत भएका ३० इभेन्टमा गाउँपालिका भित्रका ८ वटा वडाका १० वटा विद्यनलयको सहभागिता रहेको थियो । प्रतियोगितामा बिजयी खेलाडी तथा बिधालयहरुलाई आज पदक तथा प्रमाण पत्र बितरण गरिएको गाउँपालिका अध्यक्ष दिपक तिमल्सिनाले जानकारी दिनुभयो ।
प्रतियोगितमा बिजयी खेलाडीहरुले छनोट मार्फत जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुन पाउने छन् । यस अघि गोरखा जिल्लामा सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिकाले पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न गरिसकेको छ ।