Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न


1.1K
Shares

गोरखामा बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

गोरखा, १७ माघ । नेपाल बीमा प्राधिकरणले स्थानिय तह गोरखा नगरपालिका संग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । सोमबार गोरखा नगररपालिकाको सभाहलमा आयोजित छलफल कार्यक्रममा गोरखा नगरपालिका भित्र स्थानिय कृषकलाई जोड्नको लागि प्रत्योक वडाबाट २ जनाको दरले कृषि प्राबिधिक तालिम दिएर बीमामा उत्पेरित गराउने कार्यक्रम रहेको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले जानकारी दिनुभयो ।

जीवन बीमा वा निर्जिबन बीमालाई बिना झन्झट सरकारले लिएको नीति अनुसार सेबा प्रादायक बिमा संस्थाहरुले अहिलेको बिमा नीतिलाई सहज बनाउन भुमिका खेल्नु पर्ने बताउनुभयो । जिल्लामा रहेर बीमा सम्बन्धी काम गरेका संघ सस्थाका प्रमुख एबम प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

आयोजक नेपाल बीमा प्राधिकरणले हरेक ब्यक्ति वा संघ सस्थालाई अनिबार्य बिमा गराउन स्थानिय तहका प्रमुखलाई ध्यानाकर्षण गराएका थिए । एक घर एक बिमा राज्यको नीति भएकाले नगरपालिकालाई यसमा पहल गरिदिन आग्रह गरेका हुन् । कृषि लगाएत पशुपंक्षीहरुमा बिमा गर्न विशेष छलफल भएको हो ।

नेपाल बीमा प्रधिकरणको कार्यकारी निर्देशक राजु रमण पौडेलको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथी गोरखा नगरपालिका मेयर कृष्ण रानाको रहेको थियो । मेयर रानाले बीमाको महत्व सबै तप्का सम्म लौजाने र बीमा जिबन्त हो यसलाई आर्थिक समस्याको समधान पनि हुने र नगरपालिकाले खेल्नु पर्ने भुमिकामा कमि नराख्ने बिश्बास ब्यक्त गर्नुभयो ।

सोहि कार्यक्रमाम गोरखा नगरपालिकाका उपमेयर मसली माया थोकर , विभिन्न शाखाका प्रमुख , बीमा सम्बन्धी संस्थामा काम गर्ने प्रमुख एबम प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology