Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

वृद्धभत्ताको पैसा नदिएको भन्दै आफ्नै छोराले गरे आमाको हत्या


1.9K
Shares

वृद्धभत्ताको पैसा नदिएको भन्दै आफ्नै छोराले गरे आमाको हत्या

कैलाली,१७ माघ । कैलालीमा छोराले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका छन् । मंगलबार लम्कीचुहा नगरपालिका–६ का ४० वर्षीया श्रीराम थारुले ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बञ्चरो प्रहार गरेर हत्या गरेका कैलाली जिल्ला प्रहरीले कार्यालय कैलालीले जनाएको छ।

बञ्चरो प्रहारबाट गम्भीर घाइते लगनीदेवीको धनगढीको नवजीवन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो। प्रहरीका अनुसार श्रीरामले वृद्धभत्ताको रकम नदिएको भन्दै आमालाई बञ्चरोले ढाड र खुट्टामा प्रहार गरेका थिए ।

प्रहरीले श्रीरामलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ। श्रीराम यसअघि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology