Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जलेर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु


1.1K
Shares

जलेर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु

पोखरा, १६ माघ । पोखरामा आइतबार जलेर गम्भीर घाइते भएकी ३५ वर्षकी संगीता सापकोटाको उपचारको क्रममा मृत्यु भएको छ । पोखरा महानगर–१३, काहुँखोलामा आइतबार बिहान एक पुरुष र महिला जल्दै गरेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए ।

सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार बिहान ५ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिनुभयो ।

सोही घटनामा जलेर घाइते भएका ४५ वर्षका कृष्णबहादुर क्षेत्रीको भने उपचार भइरहेको छ । क्षेत्री सापकोटाको घरमा डेरामा बस्दै आएका थिए । प्रहरीले प्रारम्भिक अनुसन्धानमा क्षेत्रीले पेट्रोल छर्केर आगो लगाउने प्रयास गर्दै गर्दा घरबेटी सापकोटाले बचाउन खोज्दा घाइते भएको देखिएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology