Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

प्रेस सेन्टर गोरखाद्धारा १९ औं स्थापना दिवसको अबसरमा बिरामीलाई फलफूल बितरण


2.4K
Shares

प्रेस सेन्टर गोरखाद्धारा १९ औं स्थापना दिवसको अबसरमा बिरामीलाई फलफूल बितरण

गोरखा, १५ माघ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति गोरखा शाखाले आफ्नो स्थापना दिवसको अबसर पारेर गोरखा अस्पतालमा उपचाररत बिरामीहरुलाई आइतबार फलफुल बितरण गरेको छ । संगठनले १९ औं स्थापना दिवसको अवसरमा अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल बितरण गरेको संगठनका जिल्ला अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो । संगठनले बिरामीहरुलाई स्याउ, सुन्तला, केरा, अनार लगायतका फलफुल बितरण गरेको उहाँले बताउनुभयो ।

गोरखा अस्पतालका बिरामीलाई फलफुल बितरण गर्नुहुदैँ गोरखा अस्पताल बिकास समितिका अध्यक्ष श्रेष्ठ

गोरखा अस्पताल बिकास समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा संगठनका केन्द्रीय सदस्य संगीता चेपाङ, गोरखा अस्पतालकी प्रसासन साहायक संगिता अर्याल, प्रेस सेन्टर गण्डकी प्रदेश समितिका सचिव गुणराज रोका, संगठनका जिल्ला अध्यक्ष दानबहादुर गुरुङ, जिल्ला समन्वय समितिका उपाध्यक्ष राजेश पौडेल लगायत संगठनका सदस्यहरुको सहभागिता रहेको थियो ।

बि.स २०६१ पुसमा रोल्पाको इरिबाङमा युद्ध पत्रकारका रूपमा क्रियाशील जनपक्षीय पत्रकारहरूको राष्ट्रिय भेलाले जनपक्षीय पत्रकारिताको आन्दोलनलाई सशक्त ढंगले अघि बढाउने निर्णय गरेपछि माघ १५ गते क्रान्तिकारी पत्रकारहरूको संगठन क्रान्तिकारी पत्रकार संघ स्थापना भएको थियो । सोही संगठन अहिले प्रेस सेन्टर नेपालको रुपमा क्रियाशिल रहेको छ । संगठनको गोरखा सहित देशभरका ७७ वटै जिल्लामा जिल्ला समन्व्य समिति, बिभिन्न देशहरुमा बिदेश बिभाग सहितस्थानीय तहहरुमा समेत संगठनको बिस्तार भई क्रियाशिल रहदै आएको छ ।

यसै बिच प्रेस सेन्टर नेपाल केन्द्रीय समितिले आइतबार शुभकामना सन्देश जारी गर्दै अहिलेको बदलिँदो राजनीतिक परिदृश्यमा राजनीतिक स्थायित्व, सुशासन सहितको संवृद्धिका लागि प्रेस सेन्टरले आफुलाई केन्द्रीत गर्नुपर्नेमा जोड दिएको छ । संगठनका केन्द्रीय अध्यक्ष बिष्णु सापकोट (जुगल) द्धारा हस्ताक्षरित शुभकामना बिज्ञप्तिमा गौरवपूर्ण इतिहास बोकेको संगठन १९ बर्षमा प्रवेश गरेको अबसरमा सवै श्रमजीवि क्रान्तिकारी पत्रकारहरूलाई प्रेस स्वतन्त्रता, शान्ति, स्थायीत्व, सुशासन सहितको समृद्धि र समाजको अग्रगामी रुपान्तरणमा प्ररेणा मिलोस भन्ने शुभकामना समेत व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology