Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कट्टेल चयन


1.3K
Shares

लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कट्टेल चयन

गोरखा, १५ माघ । गोरखा नगरपालिका वडा नं. ८ कट्टेलडाँडामा रहेको लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समूहको नयाँ कार्यसमिति चयन भएको छ । समूहको आज भएको २९ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले पाँच जनालाई पछि अनुमोदन गर्ने सहमति सहित हरिभक्त कट्टेलको अध्यक्षतामा १७ सदस्यी कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बाबुराम खत्री, महिला उपाध्यक्षमा पशुपती खत्री, सचिवमा गिता खत्री, कोषाध्यक्षमा भगिरथ खत्री र सह—सचिवमा इश्वर खत्री चयन भएका छन् ।

यस्तै सदस्यहरुमा सपना खत्री, राञ्तिा थापा, रीता थापा, लक्ष्मण उपरकोटी, गायत्री थापा, राम बहादुर राना, हरिकृष्ण कट्टेल, रामेश्वर कट्टेल, मिरा कट्टेल, सुजन राना, बेलु राना र कमल कमर चयन भएको अध्यक्ष कट्टेलले जानकारी दिनुभयो । कार्यक्रममा निवर्तमान सचिव निर्मला थापा कुंवरले वार्षिक प्रतिवेदन पेश गर्नु भएका थिए ।

निवर्तमान अध्यक्ष रामजी प्रसाद कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष श्रृषि राम खत्रीको प्रमुख आतिथ्यता रहेको अधिवेशनमा सामुदायिक वन उपभोक्ता समूहका सम्पूर्ण साधरण सदस्यहरुको उपस्थिती रहेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology