गोरखा, १५ माघ । नेपाल कम्यूनिष्ट पार्टी एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) गोरखाको अध्यक्षमा प्रताप ढकाल चयन हुनुभएका छन् ।
शनिवार सम्पन्न भएको १४ औँ जिल्ला अधिवेशनले ढकालको अध्यक्षतामा २३ जना सदस्यीय कमिटि गठन गरेको हो । उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिव प्रमिला खड्का, सह सचिव मिलन बराम र कोषाध्यक्ष बिक्रम तामाङ चयन हुनु भएका छन् ।
प्रताप ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति अनेरास्ववियूका केन्द्रिय उपाध्यक्ष आरसी लामिछाने, नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ, नेकपा एमाले गण्डकी प्रदेश सदस्य बाबु राम थापा, अनेरास्ववियू प्रदेश कमिटि संयोजक प्रकाश पौडेल, सह संयोजक एवं गोरखा जिल्ला ईन्चार्ज प्रविण श्रेष्ठ, अनेरास्ववियू गोरखाका पूर्व अध्यक्ष भिमलाल श्रेष्ठ, नेकपा एमालेका प्रदेश सदस्य दिनेश तमु, नेकपा एमालेका जिल्ला उपाध्यक्ष कृष्ण नेपाली, सचिव काजिराम रोका लगायतले मन्तब्य राखेका थिए ।