गोरखा, १३ माघ । गोरखामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । भिमसेन थापा गाउँपालिका–१ मसेल खाइथोक स्थित परालको टौवामा मृत फेला परेको प्रहरीले पुष्टी गरेको हो ।
मृत्तक सिरानचोक गाउँपालिका–७ सिम्ले घर भएका २७ वर्षीय टेक बहादुर बराम भएको पुष्टी भएको छ । मसेलमा ट्रष्टको काम गर्न गएका बराम खाईथोकस्थित परालको टौवा छेउमा बिहिबार मृत अवस्थामा फेला परेका हुन् ।
बरामको हिजोनै गोरखा अस्पतालमा पोष्टमार्टम पछि परिवारलाई शव बुझाईएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिनुभयो ।