Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा आफ्नै पारिवारिक लगानीमा पितृको सम्झनामा शालिक र स्मृती पार्क निमार्ण


4.9K
Shares

गोरखामा आफ्नै पारिवारिक लगानीमा पितृको सम्झनामा शालिक र स्मृती पार्क निमार्ण

गोरखा, १२ माघ । गोरखामा आफ्नै पारिवारिक लगानीमा पितृको सम्झनामा शालिक निमार्ण गरिएको छ । गोरखा नगरपालिका वडा नंं ११ तेह्रकिलो स्थित रानाडिहीमा देव बहादुर बसेल र फुलमाया बसेलको स्मृतिमा छोराहरुले शलिक निर्माण गरेका हुन् । बाबु आमाको शालिक निर्माण सँगै वरीपरिको क्षेत्रलाई समेटेर स्मृती पार्क पनि बनाएको छ ।

No description available.

बसेलको ६ भाई छोराहरु छन् । छोराहरूको लागानीमा शालिक र पार्क निमार्ण गरिएको हो । १० लाख लागतमा २०७८ फागुनमा निर्माण सुरु गरेको उक्त शालिक र स्मृति पार्क निमार्णको काम गत भदौमा सम्पन्न भएको थियो । निमार्ण सम्पन्न भए लगतै शालिक अनावरण गर्ने भनिएता पनि परिवारकै सदस्य मध्यको एक जनाको दुर्घटनामा परि निधन भएका कारण अहिले गरिएको बसेलका नाती यम बहादुर जानकारी दिनुभयो ।

No description available.

आफ्नै पारिवारिक लगानीमा पितृको सम्झनामा शालिक निमार्ण गरिएको जिल्लामा नै पहिलो पटक भएको उहाँले बताउनुभयो । ‘आफ्नै पारिवारिक लगानीमा पितृको सम्झनामा शालिक निमार्ण भएको जिल्लामा नै पहिलो पटक हो भन्छु ।’ उहाँले भन्नुभयो, ‘अहिले सम्म जिल्लामा यस्तो काम भएको सुनिएको छैन ।’ भौतिक शरिर नरहे पनि सबैको सम्झनामा सधै रहि रहोस् भन्ने उदेश्यले शालिक तथा स्मृति पार्क निर्माण गरेका गरिएको उहाँले बताउनुभयो ।

No description available.

शालिक र पार्कको बिहिबार एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर रानाले गर्नु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रानाले स्मृती पार्कलाई पर्यटकीय स्थलको रुपमा बिकास गर्न सकिने बताउनु भयो । कार्यक्रममा गोरखा नगरपालिका वडा नं ११ का वडाध्यक्ष राम बहादुर खड्का, बसेलका परिवारजन, स्थानिय लगायतको उपस्थिति रहेको थियो । आज अनावरण गरिएको शालिकमा परिवारजन तथा स्थानियले अविर लगाएर माल्यपर्ण गरेर स्वार्गीय बसेल दाम्पात्यलाई स्मरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology