गोरखा, १२ माघ । गोरखा नगरपालिका वडा नं. ४ पन्थेस्वाँरामा रहेको पन्थेश्वरि प्रथामिक बिद्यलयका विद्यार्थीलाई स्टेशनरि सामग्री वितरण गरिएको छ ।
आज सरस्वति पुजाको अवसरमा लियो क्लव अफ गोरखाले विद्यलयका १९ जना विद्यार्थीलाई स्टेशनरि सामग्री वितरण गरिएको हो । विद्यार्थीलाई वितरण गरिएको स्टेशनरि सामग्रीमा कापी, कलम, सिसाकलम, ईरेजर रहेकोे क्लवका अध्यक्ष बालकृष्ण परियारले जानकारी दिनुभयो ।

सामग्री वितरण कार्यक्रममा बिध्यालयका प्रधानाध्यापक र शिक्षक, वडा सदस्य, क्लवका पदाधिकारीलगायतको उपस्थिती रहेको थियो ।कार्यक्रमको संयोजन लियो सरोज परियारले गर्नुृ भएको थियो । क्लबले पछिल्लो समय शैक्षिक क्षेत्रमा निकै उल्लेखनीय कार्य गर्दै आएको छ । असाय अशक्त विद्यार्थीहरुलाई लक्ष्ति गरी शैक्षिक सामग्री तथा जाडोको याममा न्यानो कपडा वितरणको कामलाई तिव्रता दिदैँ आएको छ ।
