Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

सुनको मूल्य हालसम्मकै उच्च


3K
Shares

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं, १२ माघ। सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आजका लागि छापावल सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ९ सय रुपैयाँ तोकिएको छ । जुन हालसम्मकै नेपाली सुन बजारको इतिहासमा सबै भन्दा उच्च मूल्य भएको महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुनको मूल्य एक लाख ६ हजार ४ र चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ तोकिएको छ । यस अघि सुनको उच्चतम् मूल्य तीन दिन अघि १० माघमा कायम भएको थियो ।

सो दिन यस अघि २०७८ फागुन २५ गते कायम भएको सुनको उच्चतम् मूल्य एक लाख पाँच हजार ५०० रुपैयाँको बिन्दू पार गर्दै एक लाख ६ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

उच्चतम् रेकर्ड बिन्दुबाट बुधबार तोलामा एक सय रुपैयाँले सस्तो भएको सुनको मूल्य बिहीबार पुनः उकालो लागेको हो ।

बिक्री मूल्य उच्च भएपछि सुनको कारोबार गत साता देखि नै प्रभावित भएको महासंघले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology