काठमाडौं, ११ माघ। ज्यासिन्डा अर्डनले प्रधानमन्त्री पदबाट अघिल्लो हप्ता अनपेक्षित राजीनामा दिएपछि क्रिस हिपकिन्स न्युजिल्यान्डको नयाँ प्रधानमन्त्री बन्नु भएका छन् । नवनियुक्त प्रधानमन्त्री हिपकिन्सले बुधबार पद तथा गोपनियताको सपथ लिनु भएका हुन् ।
ज्यासिन्डा नेतृत्वको सरकारमा कोरोना महामारी नियन्त्रण तथा पुलिस मन्त्री रहेका ४४ वर्षीय हिपकिन्सलाई न्युजिल्यान्डको लेबर पार्टीले दलको नेता र संसदले देशको नयाँ प्रधानमन्त्रीका रूपमा चयन गरेको छ । ज्यासिन्डाले गत हप्ता मात्रै आफूसँग देश चलाउनका लागि थप केही नभएको भन्दै प्रधानमन्त्री पदबाट राजीनामा दिनु भएकी थिइन् ।
सन् २०१७ मा प्रधानमन्त्री निर्वाचित हुनु भएकी ज्यासिन्डा विश्वको सबभन्दा कम उमेरकी प्रधानमन्त्रीका रूपमा चर्चामा रहनु भएको थियो। उनी प्रधानमन्त्री हुँदा ३७ वर्षकी हुनुहुन्थ्यो भने लेबर पार्टीको तेस्रो तहकी नेतृ हुनुहुन्थ्यो। न्युजिल्यान्डमा आगामी अक्टोबरमा हुन लागेको आम निर्वाचन अगावै उहाँले पदबाट राजीनामा दिनु भएकी हुन् ।
नयाँ नियुक्त भएका प्रधानमन्त्री हिपकिन्स यसअघि न्युजिल्यान्डका शिक्षामन्त्री थिए ।