Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

उत्तरी गोरखाको हिनाङ गुम्बामा आगलागी


1.4K
Shares

उत्तरी गोरखाको हिनाङ गुम्बामा आगलागी

गोरखा, १० माघ । उत्तरी गोरखाको ल्होमा रहेको हिनाङ गुम्बामा आगलागी भएको छ । आगलागीबाट गुम्बालाई के कती क्षती भएको छ भन्ने बारेमा यकिन विवरण भने प्राप्त हुन सकेको छैन ।

चुमनुब्री गाउँपालिका–२ को ल्होमा रहेको पुरानो गुम्बामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिनुभयो । ‘आगलागी भएको जानकारी आएको छ’ उहाँले भन्नुभयो ‘प्रहरी घटना स्थल नपुगेका कारण क्षतीको विवरण भने प्राप्त हुन सकेको छैन ।’

घटना थाहा पाए लगत्तै ल्होबाट प्रहरीको टोली पठाएको भएता पनि उक्त स्थानमा पुग्न ४ देखी ५ घण्टा लाग्ने भएका कारण के कती क्षती भएको भन्ने जानकारी प्राप्त हुन सकेको छैन । उक्त गूम्बा सो क्षेत्रकै पुरानो भएको र जंगल बिचमा भएका कारण आगोले उग्र रुप लिएको खण्डमा ठुलै क्षती हुने अनुमान गरिएको छ ।

वडाध्यक्ष मुङगुर दोर्जेका अनुसार दिउँसो ४ बजेतिरबाट गुम्बामा आगलागी भएको हो । हिनाङ समुन्द्र सहतबाट ३ हजार ३०० मिटर उचाइमा रहेको गाउँको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology