Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

लघुबित्तिय संस्थाले सर्व साधारणलाई ठगेको भन्दै पिडितहरुद्धारा गोरखामा जिल्ला भेला


1.7K
Shares

लघुबित्तिय संस्थाले सर्व साधारणलाई ठगेको भन्दै पिडितहरुद्धारा गोरखामा जिल्ला भेला

गोरखा, १० माघ । लघुबित्तिय संस्थाले सर्व साधारणलाई ठगेको भन्दै पिडितहरुले आज गोरखामा जिल्लामा भेला गरेको छ । लघु बित्तिय संस्था बिरुद्व संघर्ष समिति नेपालले जिल्ला भेलाको आयोजना गरेको हो । सदरमुकामको तमु छोंज धिं को भवनमा भएको भेलालाई केन्द्रिय अध्यक्ष मणीराम ज्ञवालीले संबोधन गर्नुभएको थियो ।No description available.

 

उहाँले देशैभर लघु बित्तिय संस्थाहरुबाट लाखौ मानिस पिडित भएको भन्दै लघु बित्तिय संस्थाहरुलाई तत्कालै खारेज गर्न नेपाल सरकार संग आग्रह गर्नुभयो । भेलालाई सम्बोधन गर्दै राप्रपा गोरखाका सचिव रमेश खनालले लघु बित्तिय संस्थाहरुबाट लिएको श्रृणका कारण महिलाहरु अपमान र अपेक्षित भएर बाँच्नु परेको बताउनुभयो । श्रृण तिर्न नसकेका कारण तमाम महिलाहरुले आत्म हत्यको बाटो रोज्नु परेको उहाँको भनाई छ ।

No description available.

जिल्ला भेला गर्नु पूर्व सहभागीहरुले सदरमुकामको खेलकुद मैदानबाट लघुबित्तिय संस्थाहरुद्धारा लगाईएको सामुहिक श्रृण मिना गर, नव सामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर, समाजवादी अर्थतन्त्रको विकास गर, आम गरिब किसानहरुलाई निःशुल्क श्रृण प्रदान गर जस्ता नारा लेखिएको प्ले कार्ड लिएर नगर परिक्रमा गरेका थिए । भेलामा जिल्लाको विभिन्न क्षेत्रमा बसोबास गर्ने करिब ४०० जना पिडितहरुको सहभागीता रहेको लघु बित्तिय संस्था बिरुद्व संधर्ष समिति गोरखाकी सचिव कौशल्या कोइरालाले जानकारी दिनुभयो ।

No description available.

जिल्ला भित्र च्याउ जस्तै उम्रिएका लघु बित्तिय संस्थाहरुले गरिब महिलाहरुलाई भेला गरी जवरजस्ती सामुहिक ऋण दिएर फसाएको भन्दै पिडितहरुले गुनासो गरेका छन् । गोरखामा पनि सुशिला गुरुङको अध्यक्ष्तामा लघु बित्तिय संस्था बिरुद्व संघर्ष गठन भएको जानकारी दिएको छ । जसमा अहिले करिब ३ सय जना सदस्य रहेका छन् । यो समिति अझै विस्तार हुने क्रममा रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

No description available.

गोरखा जिल्ला अध्यक्ष सुशिला गुरुङको अध्यक्ष्तामा भएको भेलाले नव सामन्तीको रुपमा स्थापित लघु बित्तिय संस्थाहरु खारेज गर्न माग गरेको छ । यस्तै लघु बित्तिय संस्थाहरुद्वारा लगाईएका सामुहिक ऋण मिनाह गर्न, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमताको आधारित काम र दामको ब्यवस्था गर्न र समाजबादी अर्थतन्त्रको बिकास गर्न सरकार संग माग गर्दै भेला सम्पन्न भएको हो । भेलामा विभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधी, राजनितिक दलका प्रतिनिधिलगायतको उपस्थिती रहेको थियो ।

No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology