गोरखा, ९ माघ । गोरखा नगरपालिका वडा नं. ४ फिनाममा रहेको सरस्वती माध्यमिक विद्यालय भूत पर्वू विद्यार्थी संघले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
भूपू विद्यार्थी संघको आयोजना, नोबेल चिल्डे«न एण्ड वोमन हस्पिटल ट्रमा सेन्टर प्रा.लि पोखराको प्रायोजन तथा फिनाम स्वास्थ्य चौकीको समन्वयमा शिविर सम्पन्न भएको विद्यार्थी संघका अध्यक्ष हरि शरण खड्काले जानकारी दिनुभयो । शिविरबाट ३१० जनाले सेवा लिएको उहाँले बताउनुभयो ।
अध्यक्ष खड्काका अनुसार शिविरमा हाडजोर्नी, नसारोग, बाथरोग,जनरल मेडिकल, बालरोग तथा स्त्रीरोग सम्बन्धीका विशेष्ज्ञय चिकित्सकहरुले सम्पूर्ण उपचार गरेका हुन् । यस्तै शिविरमा फिजियोथेरापी सेवा, स्त्रीरोग तथा बाजोपन तथा विभिन्न रोग सम्बन्धी परामर्श सेवा दिएको आयोजकले बताएको छ ।
अध्यक्ष खड्काको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष लाल प्रसाद भट्टराई, वडा सदस्य जमिल मियाँ, टोल सुधार समितिका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिती रहेको थियो ।