Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा लक्ष्मीबजारबाट एक बालकको उद्धार


721
Shares

गोरखा लक्ष्मीबजारबाट एक बालकको उद्धार

गोरखा, ९ माघ । गोरखा नगरपालिका वडा नं. ९ लक्ष्मीबजारबाट एक बालकको उद्धार गरिएको छ । मानव सेवा आश्रम गोरखाले आरुघाट गाँउपालिका १० थुमी घर बताउने १० वर्षीय सुजन बरामको उद्धार गरिएको हो ।

उक्त बालकलाई हिजो राती बेवारिसे अवस्थामा उद्धार गरिएको आश्रमकी मुना लामाले जानकारी दिनुभयो । लामाका अनुसार आफ्नो हजुरबुबा र हजुरआमाको साथमा बस्दै आएका उनी आफ्नो मामा रमेश बरामको घर नवलपरासी जान हिडेको खुलेको छ ।

बरामले आफ्नो बाबुको नाम रमेश र आमाको नाम सेती बताएको छ । परिवारको खोजी कार्य जारी रहेको छ । तर, अहिले सम्म पनि कोही सम्पर्कमा नआएको लामाले बताउनुभयो ।

कसैले चिनेको भए पारिवारिक पुर्नमिलनका लागी ९८४३३४७६१२ मा सम्पर्क गरिदिन मानव सेवा आश्रमले सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology