Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा गजुरेल नियुक्त


854
Shares

प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा गजुरेल नियुक्त

काठमाडौं, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रमुख सल्लाहकारमा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललाई नियुक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले गजुरेलाई यसअघि नै प्रमुख राजनीतिक सल्लाहकार बनाउने प्रस्ताव गर्नुभएको थियो ।
गजुरेल सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न चाहन्थे । तर, उनको ठाउँमा युवा नेता लेखनाथ दाहालले टिकट पाएर निर्वाचित भएका थिए । आफूले टिकट नपाएकोमा असन्तुष्टि जनाउँदै गजुरेलले असहमति पत्र समेत माओवादी पार्टी कार्यालयमा बुझाएका थिए ।

त्यसलाई बुझेर प्रधानमन्त्री प्रचण्डले आफूलाई सहयोग गर्ने जिम्मेवारी लिन गजुरेलसँग आग्रह गरेका थिए । गजुरेल माओवादीभित्र प्रचण्डका आलोचक र समर्थक दुवै मानिन्छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology