Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


1.4K
Shares

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

ललितपुर, ८ माघ । मोटरसाईकल दुर्घटना हँदा एकजनाको मुत्यु भएको छ । ललितपुरको लामाटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

महालक्ष्मी नगरपालिका(९ लामाटारस्थित वडा कार्यालय नजिकैको ओरालोमा मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिनुभयो।

शनिबार साँझ ६ बजे बागमती प्रदेश ०२(०४० प १३२० नम्बरको केटिएम डुक बाइक अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटना हुँदा अर्घाखाँची घर भई ललितपुरको इमाडोल बस्ने २३ वर्षीय शिशिर भुसालको मृत्यु भएको हो। सोही मोटरसाइकल पछाडि सवार २० वर्षीय राजिवकुमार यादव घाइते छन्।

दुर्घटनापछि घाइते भएका उनीहरूलाई प्रहरी प्रभाग लुभुको टोलीले ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा पुर्‍याएको थियो। उक्त अस्पतालमा उपचारको क्रममा भुसालको मृत्यु भएको एसपी पोखरेलले बताउनुभयो।

यादवको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल प्रहरी प्रभाग लुभुको नियन्त्रणमा छ। घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology