Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक जना घाइत


1.1K
Shares

गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक जना घाइत

काठमाडौं, ८ माघ । सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । एक जना घाइते भएका छन् । आज बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६च ९२१३ नं।को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर(११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर( ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका(५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका(५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका(३ का ३६ वर्षीय राजेन्द्र बि।सीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिनुभयो।

दुर्घटनापछि प्रहरीले उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा तीन जनाले चिकित्सकले मृत घोषणा गरेका थिए भने एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले बताउनुभयो ।

घाइते भएका दैलेख भैरवी गाउँपालिका(५ का वीरेन्द्रराज शाहीको उपचार भइरहेको छ । छातीमा चोट लागेका उनी बोल्ने सक्छन् । गाडी सडकबाट ७०र८० मिटर तल खसेको छ । गाडीमा पाँच जना सावार थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology