Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पालुङटार नगरपालिकाका मेयर बिवस चिन्तनको स्वकिय सचिव माथि कार्यालय भित्र कुटपिट


2.4K
Shares

पालुङटार नगरपालिकाका मेयर बिवस चिन्तनको स्वकिय सचिव माथि कार्यालय भित्र कुटपिट

गोरखा, ७ माघ । पालुङटार नगरपालिकाका मेयर बिबस चिन्तनका स्वकीय सचिव असोक मरहट्टामाथि कार्यालय भित्र कुटपिट भएको छ ।

शनिबार दिउँसो कार्यालय भित्र पुगेका माओवादी निकट व्यवसायी दुर्गालाल श्रेष्ठले स्वकिय सचिव मरहट्टामाथि निर्धात कुटपिट गरेको माओवादी केन्द्र पालुङटार नगरपालिकाका कोषाध्यक्ष बिकास भट्टराईले जानकारी दिनुभयो । कुटपिटबाट उहाँको घाँटी र गाला सुनिएको भट्टराईको भनाई छ ।

निर्वाचन खर्चका बिषयमा सामान्य कुराकानी भइरहेका बेला श्रेष्ठले एक्कासी तानेर घाँटीमा हिर्काएको स्वकिय सचिव मरहट्टाले जानकारी दिनुभयो । कुटपिटको भिडियो फुटेज नगरपालिकाको सिसिटिभी फुटेजमा समेत देखिएको छ ।

कुटपिटबाट घाइते भएका मरहट्टाको आँपपिपल अस्पतालमा सामान्य उपचारपछि घर फर्किएको कोषाध्यक्ष भट्टराईले जानकारी दिनुभयो । घटनापछि पिडितले इलाका प्रहरी कार्यालय ठाँटीपोखरीमा दोषीलाई कारवाहीको माग गर्दै जाहेरी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology