गोरखा, ७ माघ । गोरखामा दोस्रो चरणको कपडा बैंक कार्यक्रम सम्पन्न भएको छ । गोरखा नगरपालिका वडा नं. १० छेपेटारमा आज लियो क्लब अफ गोरखाको आयोजनामा कपडा बैंक कार्यक्रम सम्पन्न भएको हो ।

‘चिसोबाट आफु पनि बाचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने मुख्य उद्देश्यका साथ आर्थिक अवस्था कमजोर भएका वर्गलाई लक्ष्ति गरी कार्यक्रम गरिएको क्लबका अध्यक्ष बाल कृष्ण परियारले जानकारी दिनुभयो । जाडोमा न्यानो कपडा किन्न नसक्नेहरुलाई आवश्यक प्रयोग गर्न मिल्ने कपडा निःशुल्क वितरण गरिएको उहाँले बताउनुभयो ।

‘यो जाडोमा सबै सँग नयाँ कपडा किन्ने पैसमा हुदैँन ।’ अध्यक्ष परियारलले भन्नुभयो, ‘आर्थिक अभाव भएकै कारण जाडोमा न्यानो कपडा किन्न नसक्नेलाई आवश्यक प्रयोग गर्न मिल्ने कपडा निःशुल्क वितरण गरेका हौं ।’ उहाँका अनुसार कार्यक्रबाट करिब ५० जनाले आवश्यकता अनुसारको कपडा लिएका छन् ।

क्लवका अध्यक्ष परियारको अध्यक्षता तथा लियो क्लव अफ गोरखाका एड्भाईजर लायन श्याम बाबु श्रष्ठकोे प्रमुख आतिथ्यता भएको कार्यक्रममा लायन्स क्लव अफ गोरखा तारानगर र दरौँदिका अध्यक्षद्धय यम बसेल, रमेश बिष्ट, समाजसेवि बुद्ध डोङ तामाङको उपस्थिती रहेको थियो ।



