Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

यौन दुब्र्यवहार गरेको आरोपमा ब्राजिलका फुटबल खेलाडी पक्राउ


2.7K
Shares

यौन दुब्र्यवहार गरेको आरोपमा ब्राजिलका फुटबल खेलाडी पक्राउ

काठमाडौं,७ माघ । ब्राजिलका डिफेन्डर ड्यानी आल्भेस यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । एफसी बार्सिलोनाका पूर्व डिफेन्डरसमेत रहेका ३९ वर्षिया आल्भेसले गत डिसेम्बरमा बार्सिलोनाको एउटा नाइटक्लबमा एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा स्पेनमा पक्राउ परेका हुन् ।

उनलाई प्रहरी हिरासतमा राखेर शुक्रबार अदालतमा पेस गरिएको थियो । अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । यसैबीच उनले आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् । सन् २०२२ को विश्वकपमा ब्राजिलको टोलीमा रहेका उनी हालै मेक्सिकोको पुमास यूएनएएम क्लबसँग आबद्ध भएका थिए ।

तर, जेल चलान भएसँगै क्लबले उनीसँगको सम्झौता रद्द गरेको छ । पुमासका अध्यक्ष लियोपोल्डो सिल्भाले क्लवको भावना र यसको मूल्य मान्यताविरूद्ध जाने जो कोहीलाई पनि क्लबले नसहने स्पष्ट पारेका छन्। ‘चाहे जो सुकै होस् क्लबको मूल्य मान्यता र भावनाविरूद्ध जानेलाई क्लबले सहनेछैन’, उनले भने, ‘हामी एक व्यक्तिको आचरणले हाम्रो कामको दर्शनलाई आँच आउन दिनेछैनौं।’

त्यसअघि बार्सिलोनाका लागि ४०८ खेल खेलेका उनले क्लबसँग ६ वटा लिग तथा तीन वटा च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology