गोरखा, ६ माघ । गोरखा नगरपालिका वडा नं. ४ आहालेमा रहेको सरस्वती माध्यमिक विद्यालय भूत पर्वू विद्यार्थी संघले निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । भूपू विद्यार्थी संघको आयोजना तथा नोबेल चिल्डे«न एण्ड वोमन हस्पिटल ट्रमा सेन्टर प्रा.लि पोखराको प्रायोजनमा माघ ८ गते फिनाम स्वास्थ्य चौकीमा शिविर आयोजना गर्न लागिएको हो ।
शिविरमा हाडजोर्नी, नसारोग, बाथरोग,जनरल मेडिकल, बालरोग तथा स्त्रीरोग सम्बन्धी सम्पूर्ण उपचार गरिने जनाएको छ । यस्तै फिजियोथेरापी सेवा, स्त्रीरोग तथा बाजोपन तथा विभिन्न रोग सम्बन्धी परामर्श सेवा दिइने आयोजकले बताएको छ ।
सम्पूर्ण रोग सम्बन्धीका ६ जना चिकित्सकको टोलीले शिवरमा उपचार गरिनेछ । आयोजकका अनुसार शिविर आइतबार बिहान ८ बजेदेखी दिउँसो २ बजे सम्म चल्ने छ ।