Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

सिरानचोक गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु


2.1K
Shares

सिरानचोक गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु

गोरखा, ४ माघ । गोरखाको सिरानचोक गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोेगिता २०७९ आजदेखि सुरु भएको छ । भाली शुक्रबारसम्म सञ्चालन हुने प्रतियोगिताको नेपाली काग्रेसका गण्डकी प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले खेल क्षेत्रको बिकासबाट सामाजिक सद्भाव, एक्येबद्धता समाजिक मेलमिलापको बिकास हुने बताउनुभयो ।

उहाँले प्रतियोगिताले भविस्यमा राम्रो खेलाडी बनेर आफ्नो व्यवसायिक खेलको सुरुवात गर्ने अबसर प्राप्त हुनसक्ने बताउनुभयो । गोरखा क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का प्रदेशसभा सदस्य समेत रहनुभएका उहाँले खेलकुदको बिकासका लागि हरेक बिधालयमा खेलकुद शिक्षाको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले बिधालयहरुमा क्रमस खेलमैदान बिकास गर्दै लैजानु पर्नेभन्दै स्थानीय सरकारले पनि खेलकुद क्षेत्रलाई प्राथामिकतामा राखेर बजेट बिनियोजन गर्नुपर्ने बताउनुभयो । परोपकार आर्दश मा.वि जौवारीमा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रम गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङको अध्यक्षतामा सम्पन भएको हो ।

कार्यक्रममा पालिकाका शिक्षा अधिकृत मोतिमाया ढकाल, पुर्व जिल्ला विकास समितिका सभापति चेतमान श्रेष्ठ, पालिका उपाध्यक्ष रिता देवकोटा, वडा अध्यक्ष दलमान गुरुङ लगायतले मन्तव्य व्यक्त गर्नुृभएको थियो । माघ २ गतेदेखि सुरु हुने भनिएको प्रतियोगिता पोखरामा भएको हेलिकप्टर दुर्घटनापछि राष्ट्रिय शोकका कारण स्थगित भएको थियो । प्रतियोगिता भोलीसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology