काठमाडौं, ३ माघ । स्थानीय बजारमा मंगलबार सुन–चाँदीको मूल्य सामान्य अंकले घटेको छ।
सोमबार प्रतितोला दुई सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला एक सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख पाँच हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो।