गोरखा, ३ माघ । नेपाल मगर संघ जिल्ला समन्वय समिति गोरखाको अध्यक्षमा अशोक रानामगर चयन हुनु भएका छन् । गोरखामा आइतबार र सोमबार भएको संघको १३ औँ जिल्ला अधिवेशनले रानामगरको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा नानुमाया थापामगर, सचिव भरत आले मगर, सहसचिवमा कोकिल पुलामी मगर र कोषाध्यक्षमा शंकर थापा मगर चयन भएका छन् ।
समितिको सदस्यहरुमा सुजन क्यापछाकी मगर, भरत राना मगर, लिला बहादुर थापा मगर, टिका आलेमगर, विरेन्द्र थापामगर, गणेश बहादुर राना मगर, राधिका राना मगर, डील बहादुर आले मगर, एक बहादुर थापामगर, मन बहादुर मगर, टंकशारु मगर चयन भएका छन् ।
निर्वाचित पदाधिकारी सबैले सोमबार नै सपथ लिएको संघले जनाएको छ । नेपाल मगरसंघको विद्यानका अनुसार तीन वर्षे कार्यकालका लागि नयाँ कार्य समिति चयन गरिएको हो । विद्यान अनुसार समितिमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने भएकाले बाँकी पदमा जिल्लाका पालिकाहरुबाट महिला प्रतिनिधि छनौट गरिने समितिका पुर्व अध्यक्ष विष्णु रानामगरले जानकारी दिनुभयो।
कार्यक्रममा कोषाध्यक्ष शकर थापामगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएका थिए ।