गोरखा, ३ माघ । गोरखामा २५ औ भूकम्प दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाको आयोजनामा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाका शाखा प्रमुख सुवास घिमिरेका अनुसार २ नना महिला र ९ नौ जना पुरुष गरी ११ जनाले रक्तदान गरेको जानकारी दिजुभयो ।
गोरखामा रहेको ब्लड बैङ्गमा रगत अभाव नहुने गरी आवश्यकता अनुसार नेपाल रेडक्रस सोसाइटी र यस मार्फत रहेका उपशाखा तथा जिल्लाका विभिन्न संघसंस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।
१० गते पुन अश्राङमा रक्तदान कार्यक्रम आयोजना हुने जनाएको छ ।