Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

अफगानिस्तानकी पूर्वसांसदको गोली हानी हत्या


1.3K
Shares

अफगानिस्तानकी पूर्वसांसदको गोली हानी हत्या

काबुल,२ माघ । अफगानिस्तानकी एक जना पूर्वसांसदको गोली हानी हत्या गरिएको छ । समाचार संस्था रोयटर्सका अनुसार काबुलस्थित आफ्नै घरमा उनलाई अज्ञात समूहले गोली हानेको हो ।

आइतबार भएको उक्त आक्रमणमा पूर्वसांसद ३२ वर्षीया मरसल नविजादा र उनका सुरक्षा गार्ड मारिएका छन् भने उनका भाइ घाइते भएका छन् । प्रहरीले हत्याको गम्भीर अनुसन्धान भइरहेको बताएको छ ।

सन् २०२१ को अगस्टमा तालिबानले सत्ता कब्जा गर्नुअघिसम्म नविजादा अफगानिस्तानकी सांसद थिइन्। अमेरिकी सैनिक फिर्ता र तालिबानद्वारा काबुल कब्जा भएपछि धेरै राजनीतिज्ञले अफगानिस्तान छोडेका थिए। नविजादा भने स्वदेशमै बसिरहेकी थिइन् ।

उनी सन् २०१८ मा काबुलबाट तत्कालीन संसदको तल्लो सदनका लागि निर्वाचित भएकी थिइन् । तालिबानहरू फेरि सत्तामा आएपछि अफगानिस्तानमा महिलाहरूलाई सार्वजनिक जीवनमा निषेध गरिएको छ। छात्राहरूलाई विद्यालयदेखि विश्वविद्यालयसम्म प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology